
हिमचुली साना किसान कृषि सहकारी संस्थाको बुधबार सम्पन्न ११औं साधारण सभाले दुर्गा कोइरालाको अध्यक्षतामा नयाँ संचालक समिति गठन गरिएको छ ।
निजगढ बैङ्कुटमा भएको साधारण सभाबाट संस्थाको उपाध्यक्षमा सम्झना कुमारी लामिछाने चयन भएका छन भने संचालक समितिको सदस्यहरुमा अरुणा मैनाली, रेखा थापा, उत्तम कुमारी मण्डल, ज्ञानी माया भोलन र फुल माया लो चयन भएका हुन ।
त्यसैगरी सभाले रामचन्द्र मण्डलको संयोजकत्वमा जनकलाल क्षेष्ठ र हेमा कुमारी बजगाई रहेको ३ सदस्यीय लेखा समिति पनि गठन गरेको छ ।
निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेबी लामिछाने खनालको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा बचत तथा ऋण सहकारी संघ बाराका अध्यक्ष सतेन्द्र ठाकुर, सहकारी संजाल निजगढका संयोजक भोलाप्रसाद गौतम, निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष सुर्दशन प्रसाद कोइराला लगायतले मन्तव्य राखेका थिए ।
कूल १ हजार १ सय शेयरधनी सदस्य रहेको हिमचुली सहकारीले चालू आर्थिक वर्षमा १८ लाख रुपैया मुनाफा गरेको संस्थाका निवर्तमान अध्यक्ष एक बहादुर क्षेष्ठले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।