रिटर्नी फेडेरेशन नेपालको प्रथम राष्ट्रिय भेलाबाट नेकपा एमाले बाराका नेता एंव निजगढका व्यवसायी रामकृष्ण घिमिरे उपाध्यक्ष पदमा चुनिएका छन । त्यसैगरी जिल्ला कमिटीका अर्का सदस्य थानेश्वर सापकोटा पनि फेडेरेशनको केन्द्रीय सदस्य बन्नेका छन ।

फेडेरेशनको गत पौष १६ गते भक्तपुरमा भएको भेलाबाट घिमिरे उपाध्यक्ष र सापकोटा सदस्यमा निर्विरोध चयन भएका हुन ।

साउदी अरबमा लामो समयसम्म बैदेशिक रोजगारीअन्र्तगत काम गरेर नेपाल फर्केका घिमिरेले हाल निजगढमा आफ्नै लगानीमा निजगढ ब्याङ्गकुट एण्ड पार्टी प्यालेस व्यवसाय संचालन गर्दै आएका छन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा गत पौष १५ गते काठमाण्डौंमा भएको भेलाले चन्द्रबहादुर रोकाहाको अध्यक्षतामा ७१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

फेडेरेशनको केन्द्रीय सदस्यमा एमाले बारा जिल्ला कमिटीका अर्का सदस्य नेता थानेश्वर सापकोटा पनि चुनिएका हुन । सापकोटा पनि निजगढका युवा व्यवसायीको रुपमा परिचित छन भने घिमिरे रिटर्नी माइग्रेट नेपालको केन्द्रीय सचिव समेत हुन ।

रिटर्नीले विदेशबाट फर्किका युवाहरुलाई सीप, तालिम, पूजी र प्रविधि हस्तान्तरण गरेर स्वारोजगारमूलक कार्यक्रमहरु संंचालन गर्दै आएको छ ।

नेकपा एमालेप्रति आस्था राख्ने र बैदेशिक रोजगारीबाट नेपाल फर्किएकाहरुको संघठनको रुपमा रहेको रिटर्नी फेडेरेशनले एमालेको जनसंघठनको मान्यता पनि पाएको छ । नेकपा एमालेले २३औ जनवर्गीय सङ्गठनको रुपमा मान्यता दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय