
जाडो याम चढेसँगै केहि दिन यता घाम लागे पनि शितलहरका कारण मध्य तराई मधेशको बारा , पर्सा , रौतहट लगायतको बिभिन्न जिल्लाको जनजिवन थप कष्टकर बन्दै गएको छ । शुक्रवार विहान देखि मध्य तराईमा चलेको शितलहरले मानिसहरुलाई हिडडुल गर्न समेत समस्या भएको हाे । बाक्लो हुस्सुको कारण सवारी साधनहरुलाई आवत जावत गर्नमा समेत समस्या भएको छ ।
एक्कासी बाक्लो हुस्सु लागे पछि सवारी साधन चलाउँन चालकहरुलाई समेत समस्या भएको छ । शितलहर चलेको बेलामा जाडोबाट बच्नका लागि आगो बालेर ताप्ने गरेका छन् , तराई मधेशका स्थानीय बासिन्दाहरु ।
सितलहरसँगै बढ्दै गएको चिसोका कारण बृद्ध बृद्धा तथा बाल बालिकाहरुको स्वास्थ्यमा बिभिन्न समस्याहरु देखिरहेको स्थानीय युवा व्यवसायी मनाेज गुपताले बताए । उनले बाक्लो हुस्सुका कारण बिभिन्न सवारीका साधनहरु सड्कमा बिस्तारै गुडिरहेको बताउँदै गुप्ताले चिसोका कारण सर्वसाधारणहरुलाई हिड डुल गर्न पनि अफ्ठ्यारो भईरहेकोले मानिसहरु घरबाट समेत निस्कन गार्हो मानिरहेको बताए ।
त्यसैगरी सम्भावित दुर्घटनाबाट बाँच्नका लागि ट्राफिक प्रहरीले गाडीको बत्ती बालेर आवत जावत गर्नको लागि आग्रह गरेका छन् । साथै चिसोका कारण विद्यालयका पढाई पनि प्रभावित भएको छ । विद्यालय खुले पनि विद्यार्थीहरुको संख्या न्यून रहेको स्थानीय बिद्यालयका सञ्चालकहरुले बताएका छन् ।
चिसोबाट बच्नका लागि ठाउँ ठाउँमा न्यानो लुगा बिक्री बितरण गर्न पसलहरु सञ्चालन गरेको देखिन्छ । भने सो पसलहरुमा उपभोक्ताहरु पनि उत्तिकै बढेको देखिन्छन् । हुस्सुसँगै मध्य तराईमा चिसो बढेसँगै बालबालिका र बृद्धबृद्धाहरुको स्वास्थ्यमा बढी असर पार्ने गरेको छ । चिसोबाट बालबालिकामा निमोनिया र बृद्धाहरुमा दम खोकीको असर देखा परेको तराई सिमरा हस्पिटलका चिकित्सक डा.रबिन्द्र कुमार सिंहले बताए ।
शितलहरसँगै चलेको हावाले झन् हुस्सु र चिसो बढाएको छ । चिसोका कारण बाराको सदरमुकाम कलैयामा आउँने जाने सर्वसाधारणहरुमा कमी आएको देखिन्छ । बाक्लो हुसुसँगै परेको शितलहरको कारण सदरमुकाम कलैयामा रहेका बिभिन्न सरकारी कार्यालयहरुमा सेवाग्राहीहरुको उपस्थिति पातलिदै गएको देखिन्छ ।
टाँढा टाँढाबाट आउँने सेवाग्राहीहरु जाडोको कारण आउँन नसकेकोले दैनिक जसोको तुलनामा अहिले उपस्थिति पातलिदै गएको देखिन्छ । शितलहर चलेसँगै मध्य तराईमा बढेको चिसोले बर्सेनी सयौं जना बाल बालिका देखि बृद्धबुद्धाहरुको मृत्यु हुँने गरेको छ । चिसोको कारण घरपालुवा जनावरहरुलाई समेत समस्या परेको देखिन्छ ।
त्यस्तै अन्तर्राष्ट्रिय विमान स्थल काठमाण्डौंको सबै भन्दा नजिक र बारा पर्सा रौतहट सर्लाही लगायत छिमेकी देश भारतबाट आउँने यात्रुहरुलाई बाक्लो हुस्सुको कारण विमान अवतरण तथा उडान भर्नको लागि आवश्यक भिजिविलिटि कम भएकोले यात्रुहरुलाई समेत समस्या भएको छ ।
चिसोबाट बाँच्नका लागि गाउँ गाउँमा रहेका दलित जनजातीहरुलाई बिभिन्न संघ संस्थाहरुले राहत स्वरुप कम्बल बितरण गरेको भए पनि सरकारी निकायहरुबाट अहिले सम्म कुँनै किसिमको सामग्री बितरण नगरेको देखिन्छ ।
चिसोबाट बच्न बृद्धबृद्धा तथा बाल बालिकाहरुलाई आगो बालेर न्यानो पार्ने गरिन्छ तर , ती आगोबाट निस्कने धुवाँले बिभिन्न रोग लाग्ने सम्भावना पनि त्यतीकै देखिन्छ ।
युवा नेता गुप्ताद्वारा न्यानो कपडा बितरण
यसैबिच बाराको जीतपुरसिमरा उपमहानगरपालीकाका बृद्ध तथा मुसहर बस्तीमा नेपाली काँगेसका महासमिती सदस्य तथा नगरका संस्थापक सभापती श्यामबाबु गुप्ताले न्यानो अभियान अन्तर्गत शितलहर पिडितलाई न्यानो कपडा बितरण गरेका छन् ।
नेता गुप्ताले उपमहानगरको लामीडाँडाका करिब ४० घरपरिवारलाई न्यानो अभियान अन्तर्गत टोपी, ज्याकेट, ओड्ने लगायतका समाग्री बितरण गरेका हुँन् ।
त्यसैगरी उनले बाराको पथलैया स्थित बृद्धआश्रममा रहेका वृद्धवृद्धालाई पनि न्यानो सिरक बिरतण गरेका छन् । गुप्ताले हरेक वर्ष तराईमा शितलहरसँगै न्यानो कपडा बितरणलाई अभियानको रुपमा सञ्चालन गर्दै आएका छन् ।
यस अघि उनले नगरको अमलेखगंज, निजगढ, लाल, रतनपुरी, सिमरा, लगायतको स्थानमा अति बिपन्न परिवार र वृद्धवृद्धालाई न्यानो कपडा सम्मान स्वरुप बितरण गर्दै आएका हुँन् ।
नेपाली काँग्रेस बारा जिल्लाको युवा नेताको रुपमा स्थापित गुप्ता यस अभियान बाहेक पनी बिभिन्न सामाजिक उत्तरदायित्वको कामहरुमा सकृय हुँदै आएका छन् ।
अभियान अन्तर्गतको जीपुरसिमरा १८ स्थित बिरेन्द्रनगरको मुसहर बस्तीमा आयोजिक एक कार्यक्रममा उपमहानगरपालीका १५ का काँग्रेस वडा सभापती ओमराज पाण्डे, बारा क्षेत्र नम्बर तिनका काँग्रेसका क्षेत्रिय सचिव लगायतका स्थानीय जनप्रतिनिधि र काँग्रेस नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।
यता बाराको पथलैयामा आयोजिक कार्यक्रममा काँग्रेसका एक नम्बर वडा सभापती रामबहादुर अधिकारी, काँग्रेस नेता प्रदिप धनन्जय लगायतको उपस्थिती रहेको थियो । दुबै कार्यक्रममा नेता गुप्ताले बिपन्न र असहायको अनुहारमा खुशी ल्याउँन आँफुले सक्ने योगदानलाई अभियानका रुपमा सञ्चालन गरेको बताए ।
उपमहानगरले लक्षित वर्ग तथा असहाय वृद्धवृद्धाका निम्त्ति कुँनै पनी राहतका कार्यक्रम ल्याउँने नगरेको प्रती दुख: ब्यक्त गर्दै स्थानीय सरकारको भुमिका कमजोर बलियो हुँन आवश्यक रहेको जिकिर गरे । उनले यो न्यानो अभियान नगरका अन्य स्थानहरुमा समेत आयोजना गर्ने समेत जानकारी दिए ।