
निजगढ नगरपालिकाले आयोजना गरेको आधारभूत किशोरी आत्मारक्षा ५ दिने तालिम सम्पन्न भएको छ । नगरपालिकाको महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा भएको हो ।
तालिममा नगर क्षेत्रभित्रका प्रतेक माध्यमिक विद्यालय कक्षा ९ र १० अध्ययन गर्ने २/२ जनाका दरले ४१ जना किशोरीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा राधिका ऐर र सन्जु महर्जनले किशोरीहरुलाई आत्मारक्षा सम्बन्धि प्रशिक्षण दिएका थिए ।
समाजमा बढदै गएको महिला हिंसाका घटना न्युनीकरण गर्न महिलाहरुको आत्मावल बढाएर किशोरी सशक्तीकरणको लागि तालिमको आयोजना गरिएको नगरपालिका महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख मेनका खडकाले बताईन ।
कार्यक्रममा नगर प्रमुख खनाल, उपप्रमख लामिछाने, कार्यालयका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्की र शाखा प्रमुख खडकाले तालिमको महत्वको बारेमा बोलेका थिए भने कार्यक्रमको सन्चालन रोजी श्रेष्ठले गरेकी थिइन ।