
निजगढ महिला बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न १४औं साधारण सभाले शोभा राउतको अध्यक्षतामा नयाँ संचालक समिति गठन गरेको छ ।
निजगढ बैङ्कुटमा भएको साधारण सभाबाट संस्थाको उपाध्यक्षमा मिरा पोखरेल, सचिवमा ललिता सापकोटा, कोषाध्यक्षमा किरण श्रेष्ठ, सहसचिवमा सिता अधिकारी र संचालक समितिको सदस्यहरुमा तिलकुमारी थापा, निशा भण्डारी, चम्पा परियार, भवानी अधिकारी, कलपतिया देबी र ज्ञानु भण्डारी चयन भएका छन ।
त्यसैगरी सभाले दिपा ढकालको संयोजकत्वमा अरुणा उप्रेती र प्रमिला राउत रहेको ३ सदस्यीय लेखा समिति पनि गठन गरेको छ । साथै सहकारीको सल्लाहकारमा निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने, निजगढ नगर कार्यपालिका सदस्य मिनमाया लामा, वडा नम्बर ५ की महिला वडा सदस्य मिथिला घिमिरेलगायत अप्सरा बन्जारा र कादम्बरी कोइराला रहेका छन ।
बारा क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्य त्रिलोकी चौधरीको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेबी लामिछाने, बचत तथा ऋण सहकारी संघ बाराका अध्यक्ष सतेन्द्र ठाकुर, सहकारी संजाल निजगढका संयोजक भोलाप्रसाद गौतम, निजगढ नगरपालिका कार्यपालिका सदस्य जगतकुमारी अधिकारी, सहकारी संस्थाकी उपाध्यक्ष मिरा पोखरेल लगायतले मन्तव्य राखेका थिए ।
कूल १ हजार ३७ शेयरधनी सदस्य रहेको महिला सहकारीले चालू आर्थिक वर्षमा १९ लाख रुपैया मुनाफा गरेको संस्थाकी अध्यक्ष राउतले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।