निर्माण व्यवसायी संघ निजगढको अध्यक्षमा पिताम्बर तिमल्सिना चयन भएका छन् । संघको प्रथम नगर अधिवेशनले तिमल्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नव गठित समितिको वरिष्ठ उपाध्यक्षमा विदुर खरेल चयन भएका छन् भने उपाध्यक्षमा कुमार पोखरेल, सिताराम साह, खेम प्रसाद अधिकारी चयन भएका छन् ।

यसैगरी महासचिवमा बुद्घमान बल, उपमहासचिबमा मधु तिमल्सिना, माधव प्रसाद न्यौपाने चयन भएका छन् भने सचिवमा पुन्य प्रसाद बन्जारा, तिर्थ बहादुर क्षेठ, कोषाध्यक्षमा विजय तिमल्सिना रहेका छन् भने समितिको सदस्यमा रेनजेन लामा, सुकराम जिम्बा, दुर्गा दाहाल, दिनेश शाह, आईते सिहं र रतिया कुमार रहेका छन् ।

यस अगि भएको उद्घाटन सत्रमा निर्माण व्यवसायी संघ निजगढका संथापक अध्यक्ष पिताम्बर तिमल्सिनाको अधक्षेतामा भएको कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरेश कुमार खनालको प्रमुख आतिथ्यता रहेको थियो भने नगर उपप्रमुख लिला देवि लामिछाने खनालको बिशिष्ठ अतिथि रहेको थियो ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रमुख खनालले निर्माण व्यवसायी र नगरपालिका मिलेर जानु पर्ने बताईन । निर्माण व्यवसायी विना विकास सम्भव नभएकाले व्यवसायीका समस्या सम्बोधन गर्न नगरपालिका तयार रहेको र विकास आयोजना निर्माणमा व्यवसायीले खोलेको भुमिका निकै राम्रो रहेको बताईन ।

यस्तै नगर प्रमुख खनालले निर्माण व्यवसाय क्षेत्रमा कोभिड र वर्तमान राजनीतिक परिस्थितिका कारणले गर्दा थप समस्या परेको भन्दै समस्या समाधानको लागि नगरले सहयोग गर्ने बताए । उनले स्थानीय निकायले निर्माण व्यवसायीलाई प्रश्रय दिनेमा जोड दिए ।

कार्यक्रममा निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष राम कृण्ण नेपाल, वडा नम्बर ८ का वडा अध्यक्ष टेक बहादुर लामा, नेकमा एमालेका निजगढ नगर अध्यक्ष सुरथ पुरी, नेपाली कांग्रस निजगढ नगर सभापति नवराज तिमल्सिना लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय