निजगढ नगरपालिकाले आयोजना गरेको आधारभूत किशोरी आत्मारक्षा ५ दिने तालिम आजबाट सुरु भएको छ । नगरपालिकाको महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा भएको सो तालिमको निजगढ नगर प्रमुख सुरेश खनाल र उपप्रमुख लिलादेवी लामिछानेले उदघाटन गरेका थिए ।

तालिममा नगर क्षेत्रभित्रका प्रतेक माध्यमिक विद्यालय कक्षा ९ र १० अध्ययन गर्ने २/२ जनाका दरले करिव २ दर्जन किशोरीहरुको सहभागिता रहेको छ । कार्यक्रममा राधिका ऐर र सन्जु महर्जनले किशोरीहरुलाई आत्मारक्षा सम्बन्धि प्रशिक्षण दिने बताइएको छ ।

समाजमा बढदै गएको महिला हिंसाका घटना न्युनीकरण गर्न महिलाहरुको आत्मावल बढाएर किशोरी सशक्तीकरणको लागि तालिमको आयोजना गरिएको नगरपालिका महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख मेनका खडकाले बताईन ।

कार्यक्रममा नगर प्रमुख खनाल, उपप्रमख लामिछाने, कार्यालयका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्की र शाखा प्रमुख खडकाले तालिमको महत्वको बारेमा बोलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय