लायन्स क्लब अफ निजगढ युथले निजगढ नगरपालिका वडा नम्बर ३ मा आईतवार दिउसो बिद्युत सट भई आगलागी भएको घरमै पुगी सहयोग गरेको छ । निजगढ नगरपालिका वडा नम्बर ३ पिपलटारस्थित जगद बहादुर बुलनको घरमा पुगी न्यानो कपडा आगलागीपीडितलाई सहयोग हस्तान्तरण गरेको हो ।

आगलागी पीडितलाई घरबाट बेघर बनेकालाई सहयोग पुर्‍याउने उद्देश्यले दुई थान सिरक, डसना, कमल, तन्ना सहयोग गरेको लायन्स क्लब अफ निजगढ युथका अध्यक्ष इरज कोइरालाले बताए ।

आगलागीबाट २ तले कठको घर पूर्ण रुपमा क्षति हुँदा घरमा रहेको लत्ताकपडा, धातुका भाँडाकुँडा र गरगहना जलेर नष्ट हुँदा नौ लाखभन्दा बढीको नोक्सान भएको थियो ।

न्यानो कपडा बितरण गर्न क्लबका क्याविनट अफिसर होम प्रसाद न्यौपाने, लायन्स क्लब अफ निजगढका प्रेसिडेन्ट दिपेन्द्र श्रेष्ठ, लायन्स क्लब अफ निजगढ सिटिका खड्गराज मैनाली, लायन्स क्लब अफ निजगढ युथका जनक श्रेष्ठ, सुदिप कोइराला, सुदर्शन दगाल, इन्दिप कोइराला, नवराज दाहाल, प्रकाश रौनियर, प्रमोद न्यौपाने, राजु श्रेष्ठ, सिधान्त तिमल्सिन लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय