युथ अफ निजगढले निजगढ नगरपालिका वडा नम्बर ३ मा आईतवार दिउसो बिद्युत सट भई आगलागी भएको घरमै पुगी सहयोग गरेको छ । निजगढ नगरपालिका वडा नम्बर ३ पिपलटारस्थित जगद बहादुर बुलनको घरमा पुगी नगद राशी रु एधार हजार एक सय एघार रुपैया आगलागीपीडितलाई सहयोग हस्तान्तरण गरेको हो ।

आगलागी पीडितलाई घर निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले नगद राशी सहयोग गरेको युथ अफ निजगढका अध्यक्ष इरज कोइरालाले बताए ।

आगलागीबाट २ तले कठको घर पूर्ण रुपमा क्षति हुँदा घरमा रहेको लत्ताकपडा, धातुका भाँडाकुँडा र गरगहना जलेर नष्ट हुँदा नौ लाखभन्दा बढीको नोक्सान भएको थियो ।

नगद सहयोग गर्न युथ अफ निजगढका पूर्व अध्यक्ष जनक श्रेष्ठ, खड्गराज मैनाली, सदस्य अशोक श्रेष्ठ, इन्दिप कोइराला, बिद्या रौनियार, कमल बझगाइ लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय