
बाराका पत्रकार महेश्वर अधिकारी प्रेस सेन्टर नेपालकाे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । पत्रकार महासंघ प्रदेश २ का सदस्य समेत रहेका अधिकारी चितवनमा सम्पन्न सेन्टरकाे चाैथाे महाधिवेशनबाट सर्वसम्मत निर्वाचित भएका हुन् ।
पत्रकार अधिकारी फरक नेपाल डटकमका अध्यक्ष तथा सहसम्पादक हुन् । उनी निजगढसमाचार साप्ताहिकका कार्यकारी सम्पादक हुन् ।
नव निर्वाचित समितिका अध्यक्ष र सदस्यहरुले आईतबारनै पद तथा गाेपनियताकाे सपथ ग्रहण गरेका छन् । महाधिवेशनले विष्णु सापकाेटा जुगलकाे अध्यक्षतामा १९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेकाे छ ।
कमिटीको अन्य पदाधिकारी केन्द्रीय कमिटीकाे आगामी साता काठमाडौंमा हुने बैठकले निर्वाचित गर्नेछ ।
मंसिर १८ मा दियालाे पार्टी प्यालेसमा नेकपा (माओेवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनकाे उद्घाटन गरेका थिए ।
१८ बुदे घाेषणा पत्र जारी गर्दै महाधिवेशन सम्पन्न भएकाे छ ।