निजगढमा नयाँ लायन्स क्लब गठन भएको छ । मंगलवार निजगढ ९ स्थित होटल राजमार्गमा एक कार्यक्रमका बिच लायन्स क्लब अफ निजगढ युथको नयाँ कार्यसमिति गठन गरेको हो ।

आज बसेको बैठकले नयाँ कार्य समिति चयन गरेको छ । बैठकबाट चार्टर प्रेसिडेन्टमा ईराज कोइराला सर्बसहमतले चयन भएका छन ।

क्लबमा २९ सदस्य रहेका छन भने क्लबको फस्ट भाइस प्रेसिडेन्टमा जनक श्रेष्ठ, सेकेन्ड भाइस प्रेसिडेन्टमा सुदर्शन दंगाल, सेक्रेटरीहरुमा युवराज न्यौपाने, अभिनास न्यौपाने लगायत २१ जनाको समिति चयन गरेको फस्ट भाइस प्रेसिडेन्टमा जनक श्रेष्ठले निजगढ न्युजलाई जानकारी दिए ।

कार्यक्रममा क्लबका क्याविनट अफिसर होम प्रसाद न्यौपाने, जोन चियर्स पर्सन खड्ग प्रसाद उप्रेती, लायन्स क्लब अफ निजगढका प्रेसिडेन्ट दिपेन्द्र श्रेष्ठ, लायन्स क्लब अफ निजगढ पिसका प्रेसिडेन्ट रन्जन लामिछाने, लायन्स क्लब अफ निजगढ सिटिका प्रेसिडेन्ट मणी घिमिरे लगाएतको उपस्तीथी रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय