मधेशी मुलका नेपाली यूवासँग विवाह गरी बस्दै आएकी भारतीय महिलाले स्वदेश फर्कन चाहेको बताएकी छन् । दार्जेलिङ्ग बिचकुमा गुम्बाटोल माईतीघर बताउने प्रतिमा (पेमा) शेर्पाले नेपालमा विवाह गरेर दुःख पाएको भन्दै स्वदेश फर्कन चाहेको बताएकी हुन् ।
कलैया उपमहानगरपालिका–२२, मदिलवाका बैरा पुरुष राजकुमार यादवसँग विवाह गरेकी शेर्पासँग डेढबर्षको एक सन्तान छोरा समेत छ । सानै उमेरमा दार्जेलिङ्गकै राईथरका पुरुषसँग आफुखुशी विवाह गरी दूई सन्तान भएपछि श्रीमान्ले दिएको यातनाबाट विक्षिप्तीएर सन् २०१२÷२०६९ बाट भौंतारिंने क्रममा २०७२ सालमा नेपाल आएको पेमा शर्पाले बताईन ।
गहभरी आँशु पार्दै शेर्पाले यस अवधिमा खेप्नु परेको दुःख, हण्डर, चरम गरिबी र लाटासँगको घरजमको पिडा सुनाईन् । आफुले कसैको साहरा खोजिरहेका बेला ३ बर्षअघि मेरालागी लाटापनि भगवान भएर आँए । रहँदै बस्दै जाँदा पारिवारिक समस्या देखिन थाल्यो । श्रीमानका दाजुभाई आफन्तहरुले पनि दुब्र्यवहार गर्न थाले । लाटा श्रीमान्ले कुरा बुझ्दैनन् । म समस्यामा परेको छु, पेमाले सुनाईन् ।
कमाएको पैसा लाटा श्रीमानलाई नैं पुग्दैन । विहान बेलुकीको छाक टार्नै गारो छ । उल्टै रक्सी खाएर मारौंला झैं गर्छन् । विवाह दर्ता छैन । नागरिता बन्ने अवस्था छैन । श्रीमान्को जग्गा सम्पतीको नाममा १० धुर घडेरी छ । त्योपनि पाँच दाजुभाईको हिस्सा पर्ने रहेछ । सोही जमिनमा हामीले घर बनाएका छौं । ज्यालाबनी गरेर छाक टरेको छ । तरपनि निक्लेर जाउ भन्दै जेठाजु देवरहरु जाँडखाएर दिनदिनै सत्तोसराप गर्छन् । लाटापतिको आडभरोषा छैन । उनी पनि कहिले काँही हातापाई गर्न खोज्छन् । मलाई कुनदिन मार्नेहून् । थाहा छैन । मेरो छोराको भविष्यका लागि पनि मैले बाच्नु पर्छ, उनी सुनाउँ छिन् ।
आफुले निकै कठिन पिडा भोग्नु परिरहेको शेर्पाले सुनाउनु भयो । एकबर्ष अघिबाट बाबासिरको बिरामी छु । उपचार गर्ने पैसा छैन । रोग पालेर बसेको छु । अवस्था विग्रिएको छ । म बच्चाका लागि भएपनि बाँच्न चाहन्छु । कृपया मेरो माईती सम्म यो खबर पु¥यार सहयोग गरिदिनु होला रुँदै शेर्पाले आग्रह गरिन ।
धेरै दुःख हण्डर खाएको छु । मैले जीवनको अर्थ बुझें । भारतमा १२ कक्षा ईग्लीस मेडियमबाट पढेको छु । यहाँका बोर्डिङ्ग स्कुलहरुमा काम गर्न सक्छु । तर त्यो वातावरण मेरो परिवारमा छैन । म माईतिको सम्फर्कमा जान चाहन्छु । उतै केही गरेर छोराको भविष्का लागि दुःख गर्छु उनले भनिन् ।
कसरि यस्तो दिन आयो शेर्पाले वेलीविस्तार लगाईन् । मेरो जन्म भारतको कलकत्तामा भएको हो । माईती दार्जिलिङ्ग । म त्यहाँको सम्पन्न शेर्पा परिवारको छोरी हुँ । मेरा बावाको नाम पासाङ्ग र आमाको शान्ती शेर्पा हो । बुवा प्रहरी हुनुहुन्थ्यो । अहिले त रिटायर्ड हुनु भयो होला । बाबा, काका दाजुभाईहरु प्रहरी, सेना, चिकित्सक हुनुहुन्छ । बुवाममिको ईच्छा विपरित दार्जिलिङ्गकै कुमार राईसँग भागि विवाह गरें । राई भारतीय सेनामा जागिरे थिए ।
भागि विवाहपछी घर भन्दा बाहिर सिलिगुडीमा डेरामा बस्दै आएका थियौं । हाम्रा दुई छोरी भए । राम्रै चलिरहेको थियो । राईको अर्कै महिलासँग हिमचिम भएको थाहा भयो । सोही विषयलाई लिएर एकआपसमा विवाद हुँदै गयो, शेर्पाले सुनाईन् ।
एकदिन आफु नभएकाबेला राईले दुबै छोरी लिएर लापत्ता भए । निकै खोजी गर्दा फेला नपरेपछी विछिप्तीएरु मदिरा सेवन गर्न थालें । मदिराको नशामा यती डुबें मलाई थाहै छैन । त्यस्तै अवस्थामा मलाई एकजना दिदिले दिल्ली लानु भयो । वहाँहरुसँगै बस्दै थिँए । ती दिदिले आफ्नै श्रीमान्सँग बात लाईन । त्यसपछि उनीहरुको घर छाडेर दिल्लीमा भौंतारिँदा खोटाङ्गका एक नेपाली परिवारसँग भेट भयो । उनीहरुले दिल्लीमा संचालन गरेको म.म. पसलमा काम लामो समय काम समेत गरें । वहाँहरुकै सहयोगमा नेपाल आएको हुँ ,शेर्पाले बताईन् ।
खोटाङ्गमा केही समय विताएर ती आफन्तसँगै काठमाण्डौ गँए । त्यहाँ उनीहरुसँग साथ छुट्यो । घर बनाउने काममा ज्यालाबनी गर्न गर्थें । ठेकैदारले मजदुरीमै संलग्न बारा निजगढका एउटा परिवारसँगै बस्ने खाने ब्यवस्था गरिदिएका थिए । उनीहरुले काठमाण्डौंबाट निजगढ ल्याई अलपत्र पारिदिए । उनीको नाम थर थाहा छैन । निजगढको एउटा चौतारी नजिकै रुँदै थिए । एक महिलाले होटलमा काम गर्नुपर्छ भन्दै फकाएर लगी अनैतीक कार्यमा लगाउन खोजिन् ।
त्यहाँबाट भागेर नजिकै बन्दै गरेको घरका ठेकेदारसँग आफुले काम गर्न जानेको बताएँ । काम मागें । उनीहरुले काममा लगाईदिए । उनीहरुसँग काम गर्दैगर्दा ति ठेकेदार र उनका आफन्तले मलाई ललाई फकाई लाटासँग विवाह गरिदिए । हाम्रो डेढबर्षको एउटा छोरापनि छ ।
उस्को भविष्य मेरो हातमा छ । अहिले हामीलाई बाँच्न गारो छ । उद्दार गरिदिनुस् । म दार्जिलिङ्ग फर्किन चाहन्छु । मलाई मेरा बाबा ममी र आफन्तले खोज्दै हुनुहुन्छ होला । छोरीहरुपनी ठुला भए होला । भेट्न चाहन्छु । छोरालाई उतै लगेर हुर्काउन चाहन्छु शेर्पाले रुँदै भनिन् ।