शिक्षक अभावका कारण पठनपाठन प्रभावित भएपछि बाराको पचरौता नगरपालिका वडा न.१ का विद्यार्थीहरु आन्दोलित भएका छन् । नगरपालिकाको वडा नं १ मा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पिपरपातिमा बिगत लामो समय देखि शिक्षक अभावका कारण पठन पाठन अवरुद्ध हुँदा बाध्य भएर आन्दोलनमा उत्रिएको विद्यार्थीहरुको भनाई छ ।

विद्यार्थीहरुले शिक्षकहरुलाई विद्यालय भित्रै थुनेर तोडफोड गर्नुका साथै नगरपालिका समेत घेराउ गरेका छन् । तोडफोडबाट नगरपालिकाको झ्याल, ढोका, टेबुल कुर्सीका साथै कार्यालयमा समेत क्षती पुगेको छ ।

करिब १५० जना बिद्यार्थीले स्कुल पोसाकमै गएर नगरपालिका घेराउ र तोडफोड गरेपछि प्रहरीले स्थित नियन्त्रण लिन खोज्दा झडप भएको थियो । झडपको क्रममा केही बिद्यार्थी र प्रहरी समेत घाइते भएको प्रहरीको भनाइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय