निजगढमा मंगलबार लायन्स क्लब अफ निजगढ, लायन्स क्लब अफ निजगढ पिस, ईलाका प्रहरी कार्यलय निजगढ, मेची महाकाली बुहारी सयुक्त आवाजको आयोजना तथा निजगढ नगरपालिकाको सहकार्यमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बृहत सरसफाइ कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।

ईलाका प्रहरी कार्यलय निजगढदेखी बुद्ध चोक सम्म रहेको मेन रोड सरसफाइ गरेका थिए । आफ्नो घर आँगन आफै सफा गरौं, वातावरण संरक्षण गरौं र प्लाष्टिक झोला मुक्त सफा सुन्दर निजगढ बनाउनका निम्ती सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरेको लायन्स क्लब अफ निजगढका प्रेसिडेन्ट दीपेन्द्र श्रेष्ठ र लायन्स क्लब अफ निजगढ पिसका प्रेसिडेन्ट रन्जन लामिछानेले बताए ।

फोहोरलाई आ–आफूले व्यवस्थापन गर्नुपर्ने, फोहोरलाई सडक पेटीमा जलाउन नहुने, छड, इँटा जस्ता व्यापारिक सामाग्री राख्न रोक लगाउने र त्यस्ता सामाग्री तथा वातावरण दूषित पार्ने काम गरेमा घरधनीलाई पोउमनपाको नियमानसार कारवाही गर्ने ईलाका प्रहरी कार्यलय निगजढका प्रमुख प्रहरी निरीक्षक शंकर प्रसाद चौधरीले बताए ।

कार्यक्रममा निजगढ नगरपलिका वडा नम्बर ७ का वडा अध्यक्ष रामजी बझगाई, ८ का वडा अध्यक्ष टेक बहादुर लामा, ९ का वडा अध्यक्ष सुदर्शन प्रसाद बडाल, निजगढ नगर उद्योग बाणिज्य संघका अध्यक्ष राम कृष्ण नेपाल लगाएतको उपस्तिथी रहेको थियो ।

सडकको दायाँबायाँ रहेका प्लाष्टिकका फोहोर र अन्य फोहोर संकलन गरी नगरपालिकाको २ वटा ट्रयाक्टरले उठाएको सघाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय