निजगढ नगरपालिकाले चालु आर्थिक वर्षको लागि आह्वान गरेको ढुङ्गा, गिटी र बालुवा उत्खनन तथा निकासीको ठेक्का टेण्डरको अन्तिम परिणाम मंगलबार मध्यान्ह १२ बजे सार्वजनिक गर्ने तयारी गरेको छ ।

विवादका बिच नगरपालिकाले यस अगि सार्वजनिक गरेको विवरणमा चालु आर्थिक वर्षको लागि आह्वान गरेको ढुङ्गा, गिटी र बालुवा उत्खनन तथा निकासीको ठेक्का टेण्डरमा दुई कम्पनीले बोलपत्र पेस गरेका थिए । टेण्डरमा बिनोद साह निर्माण सेवा र हिमानी सप्लायर्सले बोलपत्र पेस गरेका थिए ।

नगरपालिकाले इ बिडमार्फत ५ वटा नदीबाट गिटी बालुवा र ढुङ्गा उत्खनन र निकासीको लागि साउन १९ गते सूचना सार्वजनिक गरेको थियो सोही इ बिडमार्फत बोलपत्र पेस गर्ने कम्पनीको नाम यसअगि आश्विन ७ गते बिहीवार सार्वजनिक गरेको नगरपालिका सुचना अधिकृत रविन घिमिरेले बताए ।

गत बर्ष ४ वटा कम्पनीले बोलपत्र पेस गरेको भएतापनि चालु आर्थिक वर्षको लागि २ वटा कम्पनीले मात्र बोलपत्र बुझाएका हुन ।

निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीले नगरपालिकाले आवश्यक प्रकिया सबै पुरा भईसकेको हुदाँ भोलि मध्यान्ह १२ बजे कुन कम्पनीले ठेक्का हातपरेको बारे सार्वजनिक गरिने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय