ईलाका प्रहरी कार्यालय निजगढले ८३ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– १६ टाँगियाबस्तीका ४१ वर्षीय रुकबहादुर रुम्बा छन् ।

प्रहरीले गाँजा ओसार पसारमा प्रयोग भएको बा ३७ प ९६८१ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीका अनुसार बाराको रतनपुरतर्फबाट पिड्युमा बोराभित्र राखेको गाँजा बोकेर पूर्व–पश्चिम राजमार्गबाट काँटघाट मन्दीरको बाटो हुदै दक्षिणतर्फ जादै गरेको अवस्थामा रुम्बालाई पक्राउ गरिएको हो ।

गस्तिमा रहेको प्रहरी टोलीले सडक छेउमा मोटरसाइकल रोकेर राखिएको देखेपछि निगरानी बढाउदै जाँदा गाँजासहित रुम्बा पक्राउ परेका प्रहरी निरीक्षक चौधरीले जानकारी दिए । प्रहरी टोलीलाई देखेपछि जंगलभित्रबाट आउदै गरेको तस्कर समूहका अन्य भने फरार बनेको प्रहरीले बताएको छ । समूहमा ५/६ जना तस्करहरु रहेको पनि ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

गाँजा छाडेर भाग्ने क्रममा रुम्बालाई पक्राउ गरिएको र अन्य फरारहरूको खोजी भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय