बढ्दो सवारीसाधनको चापसँगै राजमार्गका पुलहरु फराकिलो बनाउन नसक्दा बारामा ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । सवारीसाधनको बढ्दो चापसँगै विगत लामो समययता राजमार्गका पुलहरुमा ट्राफिक जाम हने समस्या बढेको हो ।

पुल साघुरो र सवारी साधनको चाप बढी भएपछि निजगढस्थित बकैया, धन्सार र पसाहलगायत जिल्लाका विभिन्न स्थानमा रहेका पुलहरुमा सवारी साधन घण्टौंसम्म जाममा पर्ने समस्या उत्पन्न भएको हो ।

एक लेनको पुलमा ठुला गाडीहरु दोहोरा चलाइएका कारणले पनि पुलमा जाम पर्ने गरेको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बारा जिल्लामा मात्रै साना तथा ठुला गरेर एक दर्जन बडी पुल छन । अधिकासं पुल सागुरो, जीर्ण भएर सवारी जाम बढने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक बिपिन ओझाले बताए ।

बिपिन ओझा, प्रमुख प्रहरी निरीक्षक जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा

उनले पुलहरुमा हुने सवारी जाम नियन्त्रण गर्न दैनिक रुपमा कार्यालयबाट प्रहरीहरु खटाईदै आएको पनि जानकारी दिए । निरीक्षक ओझाले नयाँ र फराकिला पुल निमार्ण नभएसम्म सवारी जाम हुने समस्या हल नहुने पनि बताए ।

पुलको अ‍ैसत आयु ५० देखि ६० बर्षको हुने बताईन्छ तर बारामा निमार्ण भएका अधिकांश पुलहरु करिब ७० बर्ष पुराना भएका छन ।

कम सवारी साधान चल्ने तत्कालिन अवस्थामा डिजाइन गरिएका पुलहरुले हालको सवारी चापलाई धान्न नसकेर जाम हुने गरेको ट्राफिक प्रहरी निरीक्षक ओझाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय