प्रदेश न २ मुख्यमन्त्री बेटि पढाउ बेटि बचाउ कार्यक्रम अन्तर्गत निजगढ नगरपालिका वडा नंबर ५ स्थित सार्वजनिक मबिका कक्षा ८ मा अध्ययन गर्ने ४९ जना छात्रालाइ आज साइकल बितरण गरिएको छ । बारा क्षेत्र नम्बर १ क प्रदेश सभा सद्स्य तृलोकी चौधरीले विध्याथीहरुलाई साइकल बितरण गर्नु भएको हो ।

बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष दुर्गा गौतमको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष थलप्रसाद गौतम, पुर्व अध्यक्ष अम्बिका चौलागाईं, निजगढ खानेपानी तथा सरसफाइ सस्थाका अध्यक्ष सुदर्शन कोइराला लगायतले बेटि बचाउ बेटि पढाउ कार्यक्रमको महत्वको बारेमा बोल्नु भएको थियो ।

कर्यक्रममा जनजागृति सामुदायिक बन उपभक्ता समितिका अध्यक्षा सुर्य बहादुर थापा लगायत स्थानिय समाजसेवि र अभिभावकहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा बिध्यालयका प्रध्यानाध्यापक हस्त लामाले कार्यक्रमको महत्व बारेमा बोल्नु भएको थियो । कार्यक्रमको सन्चाचालन बिध्यालयका शिक्षक भोला चौलागाइले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय