पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तीव्र गतिको रेल सञ्चालन गर्ने लक्ष्यका साथ सुरू गरिएको रेलमार्ग निर्माणमा बाराको निजगढ नगरपालिका स्थीत निजगढमा अवरोध भएको छ । रेलमार्गका लागि परियोजनाको विस्तृत अध्ययन रिपोर्ट (डिपिआर) तयार भइ अन्य क्षेत्रमा धमाधम काम भइरहेको भएतापनि बाराको निजगढमा आइपुग्दा भने रेलमार्गको सर्वेमा नै नै विवाद र अवरोध भइरहेको हो ।

रौतहटबाट बाराको निजगढमा पुर्ब दक्षिणतर्फको बकैया नदिहुदै उत्तर पश्चिम जाने राष्ट्रिय गौरवको आयोजना मेची–महाकाली विद्युतिय रेलमार्ग अन्र्तगतको निजगढ–हेटौडा–भरतपुर खण्डका रेलमार्गको विस्तृत अध्ययन रिपोर्ट (डिपिआर) तयार गर्न आएका सर्वे प्राविधिकटोलीले निजगढको पुर्ब दक्षिणतर्फबाट बुद्ध चोकतर्फ आउने उक्त रेलमार्गमा आफ्नो जग्गामा परेको भन्दै स्थानीयले विरोध गरेका छन । रेलमार्गको अध्ययन सुरू गर्दानै घरजग्गा मासिने भन्दै निजगढका स्थानिएले विरोध सुरू गरेका हुन । बाक्लो बस्तीबाटै रेलमार्ग लैजाँदा धेरै घर र उव्जर जमिनहरू मासिने भएपछि स्थानिएले विरोध गरोका हुन ।


बारा निजगढका स्थानीय सरोकारवाला जग्गाधनीहरुलाई कुनै जानकारी नदिई विद्युतिय रेलमार्गको सर्वे कार्य गर्दै पिल्लर गाडेपछि स्थानीयहरुले तत्कालका लागि यसकार्यमा रोक लगाउदै पिल्लर उखेल्न लगाएका छन् ।

राष्ट्रिय गौरवको आयोजना मेची–महाकाली विद्युतिय रेलमार्ग अन्र्तगतको निजगढ–हेटौडा–भरतपुर खण्डको डिपिआर तयार गर्न आएका सर्वे टोलीले र मन्त्रालयले सम्बन्धित निकायलाई कुनै जानकारी नदिई विकासका नाउमा महेन्द्र राजमार्ग अन्र्तगतको निजगढबजार क्षेत्रको मूख्य बस्तीलाई प्रभावितपार्ने गरि रेलमार्गको नक्शाकंंन गर्न टोली खटाएसंगै त्यस कार्यको स्थानीयहरु ब्यापक विरोध शुरु भएपछि तत्कालका लागि सो कार्य रोकिएको छ ।

सर्वे कार्यमा खटिने प्राविधिकहरुले स्थानीय जग्गाधनी, स्थानीयतह निजगढ नगरपालिकालाई समेत कुनै जानकारी नदिई धमाधम नीजि जमीनमा पिल्लर गाडेसंगै स्थानीय आक्रोशित भईपछि यसकार्य तत्कालै रोक्दै निजगढ नगरपालिकाले निदोर्शन दिएको छ ।

विकासका नाउमा बस्ती ताक्दै उजाड बनाउने सरकारको नियततत्कालै नसच्चिए कडा संर्घषकाउत्रने सरोकारवाला स्थानीयहरुले बताएका छन् । स्थानिएले रेलमार्गको निमार्ण गर्न स्थानिए बकैया नदिको किनारबाट ट्रयाक लान सुझाब दिएका छन । नदिको किनारहुदै रेलमार्ग गएमा स्थानिएको घर, जमिन जोगीने तथा स्थानिए नदिबाट हुदौँ आएको नदिकटानबाट बस्ती समेत जोगीने स्थानिएले बुझाई रहेको छ ।

पूर्वपश्चिम रेलमार्गमा जतिसक्दो छिटो तीव्र गतिको बुलेट रेल नै कुदाउने सरकारको योजना रहे पनि एक दसक वित्दा समेत रेलमार्गको पूरै डिपीआर तयार हुन सकेको छैन । पूर्वपश्चिम रेलमार्गको निर्माणको प्रक्रिया सन् २००८ देखि नै सुरू भए पनि सरकारले पर्याप्त बजेट नछुट्याउँदा कामले तीव्र रूप लिन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय