नगदेवाली उखुखेति गर्दै आएका बारा निजगढका किसानले चिनीमीलहरुले समयमा भुक्तानी नदिएपछि पछिल्लो समय पेशा परिबर्तन गरी केरा खेतितर्फ आकार्षित हुदै आएका थिए । निजगढ नगरपालिका भित्र मात्रै करिव १२ सय बिघा भन्दा बढी क्षेत्रफलमा किसानहरुले व्यावसायिक केरा खेती गर्दै आएका छन् ।

केरा खेतीबाट मनग्य आम्दानी हुने आशमा लगानी गरेका बारा निजगढका केरा किसान अहिले निराश बनेका छन् । केरा ब्लकबाट बिकसित हुदै केरा जोनमा आईपुग्न लागेको बाराको निजगढ नगरपालिकाका केरा व्यावसायीहरु केरा खेतबाट पेशा परिबर्तन गर्न क्रम पछिल्ले समयमा बढ्दै गएको छ ।

बिचैलियाले आफुखुसि केराको मुल्य निधारण गरेर केरा किन्दा केरा किसान समस्यामा परेका हुन् । कोरोनाले अन्य क्षेत्र जस्तै कृषिलाई पनि बढी असर गरेका वेला केराको मुल्य नपाउदा किसानहरु समस्यामा परेका हुन् ।

स्थानिए केरोले बजार नपाउदा बाराका केरा किसानका केरा बारीमा नै कुहिन थालेका छन् भने किसानको उत्पादन भएको केरा बजारमा जान नपाएका छैनन् जसका कारण किसानका बारीमै सड्न थालेपछि बारा निजगढका किसान अहिले आफै सडकमा पुगेर केरो बेच्न बध्य भएका छन ।

गत चैतदेखि नै स्थानीय उत्पादनको आपेक्षकृत रुपमा बजारीकरण हुन नसकेको बेलामा बारा निजगढ नगरपालिका सिंगौलका स्थानीए केरा किसानले उत्पादन गरेका केरा किसानलेनै सडकमा लगेर बच्दा किसानले राम्रो मुल्य पाएको स्थानिए किसान जित बहादुर लोप्चनले बताए ।

अन्य बालीको तुलनामा खेती गर्न सजिलो, मिहेनत कम र आम्दानी बढी हुने र र हातोहात नगद पाईने आशामा केरा खोति गरेका किसानहरु अहिले निराश भएको र केरा ब्लकबाट बिकसित हुदै केरा जोनमा आईपुग्न लागेको बाराको निजगढ नगरपालिकाका केरा व्यावसायीले केरा खेतमा गर्ने क्रम अहिले कमी हुदैँ आएको केरा किसानको भनाई छ ।

बिचैलियाले किसानको बारिबाट दुई रुपैया प्रति कोसा दिने गरेका कारण घटामा रहेका किसानले अहिले आफ्ने बारिका केरा आफैले बच्दा भने मनग्य आम्दानी भएको केरा किसान बिनय राईले बताए ।

केरा ब्लकबाट बिकसित हुदै केरा जोनको रुपमा स्थापित यस नगरपालिका भित्र मात्रै करिव १२ सय बिघा भन्दा बढी क्षेत्रफलमा किसानहरुले व्यावसायिक केरा खेती गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय