बारा जिल्लाको सशस्त्र प्रहरी बल लागु औषध नियन्त्रणमा सकृय देखिएको छ । गए राती जिल्ला बारा बिश्रामपुर गाउपालिका चार स्थित बलिरामपुर ईलाकामा गस्ती गर्ने क्रममा सशस्त्र प्रहरी नायब निरिक्षक हरि प्रसाद भट्टको कमाण्डमा खटि गएको टोलीले भारतबाट जबरजस्ती नेपाल तर्फ प्रबेश गरेका एक ब्यक्ती लागु औषध सहित नियन्त्रणमा लिएको हो ।

जिल्ला बारा कलैया उप महानगरपालिका पाच बस्ने बर्ष २१ को जिवन कुमार शर्राफलाई ना ५ प ३६९८ को हिरो हण्डा मोटर साईकल र NITRAVET ५६ वटा ट्याबलेट, NUVIN – ४ वटा (ईन्जेक्सन), DIAZWLAB – ४ वटा (ईन्जेक्सन), FINARAGN – ४ वटा (ईन्जेक्सन), ONEREX – ३ बोतल (१०० ML को बोतलमा), ६०० ML को मज्जाको जुसको बोतलमा भरेको शंकास्पद देखिने रातो कलरको १ बोतल सहित नियन्त्रणमामा लिएको सशस्त्र प्रहरी बल न. १२ गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुबेदीले बताउनुभयो ।

लकडाउनको समयमा लागु औषध प्रयोगकर्ता बढेको र ओसारपसार हुन लागेको बिशेष सुराकीको आधारमा उल्लेखित ब्यक्ती नियन्त्रणमा लिन सफल भएको कुरा उपरिक्षक सुबेदीले बताउनु भयो ।

नियन्त्रणमा लीईएका ब्यक्तिसँग भारतीय नागरिक अक्षय कुमार तिवारीको आधार कार्ड १ थान, तीन जना नेपाली ब्यक्तिहरुको नागरिकताको प्रतिलिपी समेत रहेको सशस्त्र प्रहरी बल बाराले जनाएको छ ।

थप आबश्यक अनुसन्धान तथा कारबाहीको लागि ब्यक्ती, लागु औषध र मोटर साइकल नेपाल प्रहरिलाई बुझाएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ ।

गत साता पनि सोही गाउपालिका अन्तरगतबाट सशस्त्र प्रहरी बलले ठुलो मात्रामा लागु औषध सहित ब्यक्ती नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय