बारामा आज थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराको देवताल गाउँपालिकामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा देवताल गाउँपालिका वडा नम्बर २ का १८ बर्षय पुरुष रहेका छन । संक्रमित गत जेठ १६ गते भारतको दिल्लीबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका व्यक्ति रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

यो संगै बारामा कोरना संक्रमितको संख्या ६३ रहेको छ जसमध्य एकको मृत्यू भएको छ । १६ वटा स्थानिए तह रहेको बारामा ९ वटा स्थानिए तहमा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

हालसम्म जीतपुर सिमरा उपमहानगरपालिकामा १, सिम्रौनगढ नगरपालिकामा ९, बिश्रामपुर गाँउपालिकामा १, कलैया उपमहानगरपालिकामा २ कलैया उपमहानगरपालिकामा रहेको जिल्ला प्रहरी कार्यालयमा ७ जना, करैयामाई गाँउपालिकामा ३ जना, महागडीमाई नगरपालिकामा २१ जना, पचरौता नगरपालिकामा सेना (नेपाल आर्मी) २ जना, पचरौता नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी १ जना र पचरौता नगरपालिकामा १४ जना, देवताल गाउँपालिकामा १ जना र सुबर्ण गाउँपालिकामा १ जनामा भेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय