नगर उद्योग बाणिज्य संघ निजगढले नगपालिकाले सबै पसल संचालन गर्न दिनुपर्ने माग गरेको छ ।

नगर उद्योग बाणिज्यसंघ निजगढका संयोजक रामकृष्ण नेपालसहित पदाधिकारी र सदस्यसहितको टोलीले नगरप्रमुख सुरेश खनाल र उपप्रमुख लिलादेवी लामिछानेलाई कार्यालयमा भेटेर यस्तो अनुरोध गरेको हो ।

संयोजक नेपाल नेतृत्वको टोलिमा सह संयोजक निर्मल भण्डारी, दिपेन्द्र श्रेष्ठ, रामचन्द्र जैसवाल, गोविन्द न्योपाने, ज्ञानेन्द्र चौलागाई, पुर्व अध्यक्ष तथा हालका सल्लाहकार शम्भुबहादुर बुढाथोकी लगाएत अन्य सदस्य नगरपालिका कार्यालयमा पुगेको थियो ।

लामो समयसम्मको लकडाउनका कारण स्टकको रुपमा रहेका सामाग्री नष्ट भएर व्यबसायीहरु मार्कामा परेको भन्दै सरकारले तोकेको मापदण्ड अनुसार सबै पसल खोल्न र बिक्री बितरण गर्न पाउनुपर्ने माग गरिएको थियो ।

यसैगरी संघले जिल्ला प्रशासनबाट छुट दिइएको सामाग्री आयात निर्यात पनि खुल्ला गर्नु पर्ने माग गरेको छ ।

जिल्ला प्रशासान कार्यालय बाराले खाद्यान्न, तरकारी लगायतका अत्याआवश्यकीय बस्तुहरु जिल्लाभित्र ढुवानी गर्न स्वीकृति दिएको भएपनि नगरपालिकाको कोरोना भाईरस विपद न्यूनीकरण समन्वय तथा अनुगमन समितिले खाद्यान्न तरकारी लगायतका सामाग्रीहरुको आयातमा रोक लगाउदै आएको छ ।

यसअघि संघको आयोजनामा निजगढ बैङ्गकुटमा भएको व्यसायीहरुको भेलाले निजगढका सबै पसल खोल्न पाउनुपर्ने र सोको लागि नगरपालिकासंग अनुरोध गर्ने निर्णय गरेको थियो ।

निजगढ नगरपाकिाका मेयर सुरेश खनालले बाणिज्य संघको तर्फबाट भएको अनुरोधको बारेमा सरोकारवालाहरुसंग पर्याप्त छलफलपछि मात्र निर्णयमा पुग्न सकिने बताए ।

यसैगरी कोरोना भाईरस विपद न्यूनीकरण समन्वय तथा अनुगमन समितिले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणकालागि आवश्यक मापदण्ड अपनाउंदै व्यवसाय संचालन गर्न दिने निर्णय गरेपछि एक सातादेखि ठप्प बनेका निजगगढका पसलहरु आंशिक रुपमा खुलेका छन ।

बैठकले पसलको स्टक वा स्थानीय उत्पादनको रुपमा रहेका खाद्यान्न, तरकारी, दुध, कुखुरा, माछा, मलखाद, बिउबिजन, ग्यास र निर्माण सामाग्री बिहान ११ बजेदेखि ३ बजेसम्म पसल खोलेर बिक्री वितरण गर्न दिने निर्णय गरेको थियो ।

बैठकले फलफुलमा भने केरा बाहेक अन्यलाई बिक्री अनुमति दिएको छैन ।

बैठकले अर्को निर्णय नभए सम्मकालागि निजगढ बाहिरबाट हुने सबै सामाग्रीहरुको आयातमा पनि यसअघिको प्रतिबन्ध जारी राखेको छ ।

यस्तै कृषि कार्यको लागि आवश्यक मल बिउ उपलब्ध गराउन जिल्ला प्रशाशन कार्यालयमार्फत कृषि सामाग्री लिमिटेड तथा साल्ट ट्रेडिङसंग अनुरोध गर्ने पनि निर्णय भएको छ ।

यसैगरी निजगढमा तत्काल १ सय २१ बेड संख्याको क्वारेन्टाइन निर्माण गर्ने र आगामी दिनमा आवश्यकता अनुसार ५ सय बेड सम्मको क्वारेन्टाइन निर्माण गर्ने समेत बैठकले निर्णय गरेको नगरपालिका उपप्रमुख लिलादेवी लामिछानेले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय